Breaking News

२५ मिटर फराकिलो पार्न डिभिजन सडकको सुचना

डिभिजन सडक कार्यालय मकवानपुर हेटौंडाले डिभिजन सडक कार्यालय  हेटौंडा अन्तर्गत पर्ने   पर्ने पूर्व पश्चिम लोकमार्ग तथा त्रिभुवन राजपथको दायाँबायाँ सडक सिमा भित्र अनाधिकृत रुपमा बनेका  संरचना यथासक्के छिटो हटाउन फेरी सुचना जारी गरेको छ ।
आजको अन्नपूर्ण पोष्ट दैनिक पत्रिका मा संरचना यथासक्के छिटो  हटाउन  भन्दै डिभिजन सडक हेटौँडाले सूचना जारी गरेको हो ।
गत बर्ष माघबाट डिभिजन सडक कार्यालय  हेटौंडाले सडकको दायाँबायाँको २५÷२५ मिटर फराकिलो पार्ने कार्य गरेको  भएतापनि सर्वोच्च अदालतमा मुद्धा  परेपछि  यो कार्य रोकिएको थियो । यस विषयमा बुझ्दा डिभिजन सडक कार्यालय  हेटौंडा का सूचना अधिकारी जयराम अधिकारीले यो कार्य डिभिजन सडक कार्यालयको  नियमित प्रकृया भएको र दायाँबायाँको २५÷२५ मिटर फराकिलो पार्ने कार्यलाई यथावत रुपमा लैजानकालागी   सूचना जारी गरिएको  बताए ।