Breaking News

कोरोना रोक्न १० अर्ब खर्च कहाँ भयो ? हामीलाई यसको हिसाब चाहिन्छ : Gagan Thapa


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगनकुमार थापाले कोरोनाको महामारी खर्च भएको रकमको हिसाब माग गरेका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले कोरोनाको नियन्त्रण गर्नको खर्च गरेको १० अर्बको एक–एक रुपैयाँको हिसाब चाहिने बताए । ‘१० अर्ब खर्च कहाँ भयो ? हामीलाई यसको हिसाब चाहिन्छ’, थापाले भने, ‘पाँच हजार पीसीआर मेसिन, २५ हजार कीट किनेर दश अरब रुपैयाँ हिसाब देखाउनु पर्दैनरु हामीलाई एक एक रुपैयाँको हिसाब चाहिन्छ।’ उनले पछिल्लो समय क्वारेन्टिन मान्छे मार्ने थलोको रुपमा देखिएको बताए। कोरोना संक्रमित बढ्दै जाँदा परीक्षणको दायार झन कम भएको भन्दै असन्तुष्टि जनाए । सुदूरपश्चिम प्रदेशमा स्वाब संकलन नै रोकिएको, प्रदेश २ का हजारौँको स्वाब संकलन गरे पनि रिपोर्ट नआइपुगेको भन्दै उनले परीक्षणको दायरा बढाउन र शीघ्र रिपोर्ट दिन माग गरे । Gagan Thapa