Breaking News

गुन्द्रुक भन्दा कुखुराको मासु सस्तो

 

काठमाडौं उपत्यकामा ब्रोइलर कुखुराको मासु गुन्द्रुक भन्दा पनि सस्तो भएको छ ।

काठमाडौँमा आज ब्रोइलर कुखुराको मासु प्रतिकिलो २४० देखि २६० रुपैयाँमा कारोबार भइरहेको छ तर कालिमाटी फलफूल तथा तरकारी विकास समितिले आज गुन्द्रुकको अधिकतम मूल्य प्रतिकिलो ३०० रुपैयाँ तोकेको छ।

नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार यो सातामा तीन पटकसम्म मूल्य घटेको छ । मूल्य घटे पनि मासुको बिक्री नबढेपछि किसानहरु चिन्तित भएको संघले जनाएको छ ।

निषेधाज्ञाले गर्दा मासुको खपत कम भएको हो। सामान्य अवस्थामा काठमाडौं उपत्यकामा तीन लाख किलो मासुको माग हुने गरेको संघले जनाएको छ । तर, अहिले मासुको माग एकदमै कम भएको संघले जनाएको छ।