Breaking News

आज सोनम लोसार एक जानकारी अनि यो पर्ब मान्नु हुने सम्पूर्णलाई शुभकामना !!!

शंकर खरेल ,७ माघ ,भक्तपुर ।
तामाङ समुदायले आज २८५१ औँ नयाँ वर्ष अर्थात ‘सोनाम लोछार’ पर्व मनाउन लागेकाछन् । ‘लो’को अर्थ वर्ष तथा ‘छार’ को अर्थ नयाँ वर्ष हो । सो समुदायले सोही पर्वका अवसरमा एकापसमा शुभकामना आदान प्रदान तथा खुसियाली साटासाट गर्ने प्रचलन छ ।
विशेष गरी सो समुदायले १२ जीवजन्तुलाई आधार मानेर ल्हो चक्रमा विश्वास गर्ने र जन्मदेखि मृत्यु हुँदासम्म पनि सोही चक्रका आधारमा विभिन्न संस्कार गर्ने गर्छन् । सो पर्वमा शुक्रबार घोडा वर्षलाई स्वागत गरिन्छ ।
सोनम लोसार ,यसको शाब्दिक अर्थअनुसार व्याख्यान गर्नुपर्दा कृषकको लोसार भन्ने बुझिन्छ ।
 अधिकांश मानिस खेतीकिसानीमा नै निर्भर भएकाले र खेतीकिसानीको काम सुरू गर्ने समय माघ महिनामा यो चाड पर्ने र मनाइने भएकोले त्यस्तो नामकरण गरेको हुनसक्छ । सङ्ख्यात्मक र व्यापकताको हिसाबले यो लोसार सबभन्दा बढी समुदायले व्यापक रूपमा मनाउने गरेको पाइन्छ । हरेक वर्ष माघशुक्ल पक्षको प्रतिपदाको दिनबाट सुरू हुने यस लोसारलाई नेपालमा तत्कालीन सरकारले सोनाम लोसार मनाउने जातिहरूको लागि वि.सं. २०५१ देखि एक दिन बिदा दिने व्यवस्था गरेको छ भनी शेर्पा खेन्पो ङवाङ -२०६३ ः ११६) ले बताएका छन् ।
 त्यसैले यसले राष्ट्रिय सांस्कृतिक पर्वको रूपमा मान्यता प्राप्त गरेको देखिन्छ ।
प्राकृतिक रूपमा कालचक्र परम्पराअनुसार पुसमा घाम उत्तरतिर फर्के पनि पुस मसान्तमा मात्र महिना समाप्त हुने हुँदा माघसङ्क्रान्तिमा लोसार मान्ने गरेको हो, यसलाई पछि माघशुक्ल पक्षको प्रतिपदा तिथिमा सारेर नाग्चीअनुसार लोसार मानेको बुझिन्छ । कालचक्रको ज्योतिषशास्त्रअनुसार माघसङ्क्रान्तिबाट लो -नयाँ वर्ष) लाग्ने हुँदा माघ, फागुन र चैतमसान्तको ३ महिनामा वर्षको १ पाउ बित्छ र वैशाख महिना लाग्छ ।
 वैशाख मेष राशिको प्रथम महिना भएको हुँदा वि.सं. को नामबाट नयाँ वर्ष मान्ने गरेको हो । वैशाख, जेठ र असारमसान्तमा दोस्रो ३ महिना गएपछि वर्षको २ पाउ बित्छ र यही समयमा घाम पनि दक्षिण दिशातिर फर्किन्छ । त्यस अवसरमा आधा वर्ष पूरा भएको उपलक्ष्यमा साउनेसङ्क्रान्ति मनाउने गरिन्छ । यसको मतलब आधा वर्ष पूरा भएर सूर्य दक्षिण दिशातिर लाग्यो भन्ने हो ।
साउन, भदौ र असोजको मसान्तमा तेस्रो ३ महिना पूरा हुने हुँदा वर्षको ३ पाउ बित्छ । तर असोज महिनाको शुक्लपक्षको प्रतिपदादेखि राशि अर्को ग्रहमा प्रवेश गर्ने हुँदा त्यस अवसरमा नेपाल संवत्को नामबाट धुमधामसँग नयाँ वर्ष मनाउने गरेको हो । यसको मतलब वर्षको तेस्रो पाउ बितेर चौथोमा लाग्यो भन्ने हो ।
कात्तिक, मङ्सिर र पुसको मसान्तमा चौथो ३ महिनाको ४ पाउ सिद्धिने हुँदा वर्ष दिन पूरा हुन्छ । यसको उपलक्ष्यमा माघेसङ्क्रान्ति मनाउने गरिन्छ र यही सोनम लोसारको प्रारम्भिक रूप हो भन्न सकिन्छ ।

जसअनुसार यो सोनम लोसार -नयाँ वर्ष) तामाङ, योल्मो१, मुगु, भारतका लद्दाक, तिब्बतको केही प्रान्त, चीन, हङकङ, ताइवान, मलेसिया आदि मंगोल मूलको समाजमा धुमधामसाथ मान्ने गरेको देखिन्छ ।