मकवानपुरको पालुङ २ खानीगाउँमा जन्मेका अमिर लामा बोम्जन मुखैले लेख्छन ।उनको मुखैले लेख्ने शोख भने होइन ,बाध्यता हो ।२०५६ फाल्गुन२० गते जन्मेका अमिरले जन्मिदै हात खुट्टा नचल्ने भएपछि मुखैले लेख्ने र पढ्ने गरेका हुन ! Amir Bhomjan
शारीरीक रुपमा अशक्त भएपनि मानसिक रुपमा भने अमिर निकै अगाडी छन् ।कक्षा ५मा पढ्दै गरेका अमिर कक्षामा दोश्रो हुनुहुन्छ ।अमिर नजिकैको श्री कालिका प्राविमा भर्न भएपनि विद्यालयमा भने शारीरीक कठिनाईका कारण कमै पुग्छन ।उनको दैनिकी घरमै पढेर बित्छ, कहिलेकही मैले बोकेर पु¥याउछुँ अमिरका आामा दिलमाया लामा बोम्जनले बताउनुभयो ।
-Amir Bhomjan
मुखले प्रस्ट बोल्न्ो कान राम्रै सुन्ने, अमिरको हात खुट्टा नचल्नुका साथै ढाँड बाँङ्गिएकोले हिडडुल गर्न भने सक्दैनन् ।हिडडुलमा समस्याभएकोले अमिरलाई विद्यालय कहीलेकाँही मात्र फुर्सद मिलाएर बोकेर पु¥याउने गरेको आमा दिलमाया बताउछीन । पढ्ने इच्छा अधिक भएका अमिरलाई तथा अरु एक भाई दिपेश र वहिनी दिपिकालाई पढाउनका लागी अमिरका बुवा काठमाण्डौँमा मिस्त्री काम गर्दै आउनु भएको छ ।
अमिरको अचम्म लाग्दो कुरा के छ भने, उसको अगाडी मोबाइल राखीदिएमा फोन गर्ने र मोबाईलमा गेम पनि च्यापुको साहायताले खेल्छन ।यो अचम्मित कृयाकलाप देखेर छिमेकीहरु प्नि छक्क पर्छन । बारम्बार पढ्ने इच्छा राख्ने अमिरको कुनै पनि संघ सस्थाले उपचारको लागी सहयोग गरीदिएमा आफु निकै अभारीहुने उनका आमा दिलमाया बोम्जन लामा बताउछीन । हाल उनको पढाई तथा सरसफाईका निम्ती अमिरका भाई दिपेश र आमा दिलमाया बोम्जन लामाले सघाउदै आउनुभएको छ!
हात, खुट्टा दुवै चल्दैनन् तर पनि बहुप्रतिभाशाली छन् अमिर बमजन !
“२०६९ सालतिर सम्म त मैले आफ्नो शारीरिक अवस्थाबारे खासै महसुस गरिन । तर त्यसपछि थाहा भयो, म त अरू केटाकेटीभन्दा फरक रहेछु । म खुट्टा टेकेर हिँँड्न सक्दिन, हातले चेपेर खानेकुरा खान सक्दिन ।”
“हात नचल्दा त यो पुस्तकको पाना पल्टाउन पनि निक्कै अप्ठ्यारो हुने रहेछ ।”
“गाउँमा कतै जान सकिँदैन थियो । घरको आँगनमा अलिअलि घिस्रिन्थेँ । यहाँ ट्रलीमा बसेर यताउता जानआउन पाएको छु । नयाँ नयाँ दृश्य देख्न पाएको छु । रमाइलो छ ।”
“मलाई यी दृश्यहरूसँग गफ गर्न मजा लाग्छ ।”
“अंग्रेजी पुस्तक पढ्न मन छ ।”
“मेरो ल्यापटप छ । म त्यो पनि चलाउन सक्छु । मलाई अंग्रेजीमा टाइप गर्न पनि आउँछ ।”
“म घरको जेठो छोरो भएकाले मैले मेरो बा÷आमालाई पाल्नुपर्छ ।”
“मेरो पहिलो गीत रेकर्ड हुँदा झन् धेरै खुसी हुन्छु कि !
२०७२ सालको भूकम्पले सबैलाई सकस दियो तर कसैलाई त्यही भूकम्पले नयाँ जीवन दिने वातावरण बनायो । भूकम्प नआएको भए अमिर बम्जन टाउको र मुखमात्र चल्ने अन्य अंग नचल्ने अशक्त व्यक्तिमात्र भएर जीवन बिताउन बाध्य पो हुन्थे कि ? तर भूकम्पले असर परेका बालबालिका खोज्ने क्रममा उनी भेटिए । अब संसारले उनको प्रतिभा थाहा पाउनेछ मुखमात्र चल्ने बालकले कसरी मोबाइल चलाउँछ ? ल्यापटपमा टाइप गर्छ र क्यानभासमा चित्र बनाउँछ भनेर । हुनत, उनको सबैभन्दा ठूलो रहर गायक बन्ने हो तर अहिलेसम्म कसै संग गायन सिकेका छैनन्। तर उनी गीत गाउँछन्, सार्है मिठो गाउँछन्।
हामी उनैलाई भेट्न त्यहाँ पुगेका थियौँ । हामीलाई देख्नेबित्तिकै उनले ठूलै स्वरमा भने – नमस्ते । तर हात उठाउने वा जोड्ने केही गरेनन् । उनले हामीलाई अनादर गरेका हैनन् । उनका हातगोडा चल्दैनन् । घाँटीभन्दा तल जीउ पूरै सुकेको छ । राम्रोसँग चल्ने अङ्ग टाउको मात्रै हो । हामी उनको नजिकैपुग्दा उनी ट्रलीमा पल्टिएका थिए । सुकेर मसिना भएका उनका हातखुट्टा कता छन् भेउ पाउन पनि गाह्रो । उनलाई यताउता जान सजिलो होस् भनेर बनाइएको ट्रलीमा बसेका उनले हामीलाई नमस्ते भन्दा टाउको अलिकति उठाएका थिए ।
उनी अर्थात् – १६ वर्षका अमिर बमजन । बालुवाटारबाट महाराजगन्ज निस्कने बाटामा अपाङ्गता भएका बालबालिकालाई दिउँसो हेरचाह गर्ने एउटा संस्था छ – स्पेसल एजुकेसन एन्ड रिहाबिलेसन सेन्टर (एसएआरसी) । अमिरलाई हामीले बुधबार दिउँसो त्यहीँ भेटेका थियौँ ।
अमिरको ट्रलीमा किताब र कापी छरिएका छन् । अमिरलाई पढ्न मन लाग्छ । अझ उनलाई अंग्रेजीमा पोख्त हुने इच्छा छ । उनले एउटा कापीमा अंग्रेजीको ‘मिनिङ’ लेखेर राखेका छन् । अंग्रेजी सिक्ने चाहनाको कारण खुलाउँदै उनले भने – “अंग्रेजी पुस्तक पढ्न मन छ ।” उनलाई अलिअलि अंग्रेजी बोल्न पनि आउँछ रे !
भुइँचालोपछि भेटिएका अमिर:
प्राकृतिक वा मानवीय विपत्तिपछि अपाङ्गता भएका बालबालिकालाई बढी असर पर्नेगर्छ । गत वर्षको भूकम्पपछि पनि अपाङ्गता भएका बालबालिका थप सकसमा परेका थिए । करुणा फाउन्डेसन, नेपालले संयुक्त राष्ट्र बालकोष (युनिसेफ) सहकार्यमा भूकम्पपीडित बालबालिकाको खोजी र पुनःस्थापनाको कार्यक्रम सुरु गरेको थियो । यही क्रममा भेटिएका थिए थाहा नगरपालिका – १ का अमिर बमजन ।
बहुमुखी प्रतिभाशाली अमिरलाई काठमाडौं ल्याएर उनमा रहेको क्षमता र प्रतिभाको विकास गर्ने सल्लाह परिवार र करुणा फाउन्डेसनबीच भयो । शारीरिकरूपमा अमिर अति अशक्त भएकाले उनको हेरचाह गर्न परिवारकै एक जना सदस्य उनीसँग सधैँ सँगै हुनुपर्छ । सजिलो त थिएन बमजन परिवारलाई अमिरसँगै एक जना ढ्याम्तै काठमाडौं बस्न । उनको भविष्य बन्छ कि भन्ने आशामा परिवारका सदस्यहरू अमिरलाई काठमाडौँ पठाउन र हेरचाहका लागि एक जनासँगै बस्न राजी भए । आमा र मामाघरकी हजुर आमाले पालैपालो अमिरको हेरचाह गर्ने गरेका छन् ।
काठमाडौं आएपछि आफ्नो जिन्दगी फेरिएको महसुस गरेका छन् रे अमिरले । भन्छन्, “गाउँमा कतै जान सकिँदैन थियो । घरको आँगनमा अलिअलि घिस्रिन्थेँ । यहाँ ट्रलीमा बसेर यताउता जानआउन पाएको छु । नयाँ नयाँ दृश्य देख्न पाएको छु । रमाइलो छ ।”
बहुप्रतिभाशाली अमिर:
काठमाडौंमा अमिर दिनभर जस्तै केन्द्रमा हुन्छन् भने कालीमाटीस्थित एउटा होस्टेलमा बस्छन् । साथमा उनकी आमा वा हजुरआमा सँधै सँगै हुन्छन् ।
अमिर बिहान उठेपछि गीत रियाज गर्न थाल्छन् । राम्रो गायक र चित्रकार बन्ने सपना छ अमिरको । निकट भविष्यमै उनैले लेखेको गीत अमिरकै स्वर र विख्यात संगीतकार न्हु बज्राचार्यको संगीतमा रेकर्ड हुँदैछ । त्यसैका लागि तयारी गर्दैछन् अमिर । तर गाउन उनले काठमाडौं नआउँदै सिकेका हुन् रे !
अमिरलाई गाउनभन्दा शारीरिकरूपमा अलि कठिन हुन्छ क्यानभासमा चित्र बनाउन । सीसाकलम वा कलम मुखले च्यापेर लेख्ने बानी थियो । काठमाडौंमा उनले ब्रस मुखले च्यापेर क्यानभासमा चित्र बनाउन थालेका छन् । उनलाई चित्र सिकाउने गुरुले भनेका छन् – अरूको नक्कल नगर्नु तर जस्तो चित्र बनाउन मन लाग्छ त्यस्तै बनाए हुन्छ । नेपाली चित्रकलामा आफैं एउटा स्कुल बनिसकेका किरण मानन्धरले अमिरलाई चित्रका बारेमा सिकाएका छन् । अमिर नरमाइलो लागेका बेला कि त कविता लेख्न नभए वरपरका दृश्यसँग कुराकानी गर्न थाल्छन् रे । उनी भन्छन्, “मलाई यी दृश्यहरूसँग गफ गर्न मजा लाग्छ ।” घरको आँगनमा वर्षौँ एउटै परिवेश हेर्दाहेर्दा उनलाई दिक्क लागिसकेको थियो रे । दिनहुँ होस्टेल र स्कुल आउने जाने अमिर भन्छन् “यहाँ त सँधै नौला नौला चिज हेर्न पाइन्छ ।”
“गाउँमा हुँदा खानाको टुङ्गोे हुँदैन थियो । जे भेटिन्छ त्यही खाइन्थ्यो । काठमाडौं आएपछि धेरै कुरा खान पाइयो ।” खानाको प्रसङ्गमा अमिरले धेरै रुचि भने देखाएनन् ।
अमिरकी ५० वर्षीया हजुरआमाले गिलासमा दूध लिएर आइन् । सायद उनको खाजाको बेला भएको थियो । गिलासको छेउलाई दाँतले टोकेर अमिरले दूध पिए । उनी लेख्न पनि त मुखैले लेख्छन् ।

अहिले अमिरले २०६९ सालदेखिको आफ्नो ‘जीवनी’ (उनकै शब्दमा) लेख्दै आएका छन् रे । उनको छेउमै ठूला राम्रा अक्षरमा ‘जीवनी’ लेखिएको मोटो कापी छ । पहिलो पृष्ठमै त्यसमा उनले आफ्नो परिवारका सदस्यको नाम अँग्रेजी अक्षरमा लेखेका छन् । उनी बस्ने गरेको ट्रलीको एउटा छेउमा पुस्तकहरूको झोला झुन्डिएको छ ।
अमिर मुखमा कलम र कुची चेपेर लेख्ने र चित्र बनाउनेमात्रै गर्दैनन् ओंठहरूले छोएर मोबाइल चलाउँछन् । पातला ओठ बिस्तारै मोबाइलको स्कृनमा दले चाहेका कुरा खोज्छन् । उनले हौसिँदै भने, “मेरो ल्यापटप छ । म त्यो पनि चलाउन सक्छु । मलाई अंग्रेजीमा टाइप गर्न पनि आउँछ ।” मोबाइल छ त भनेर सोध्दा अमिरले अलिकति लाज मानेर छैन भने ।
अमिरको छेउको नेपाली पुस्तक हेर्दा उनी ६ कक्षाका विद्यार्थी हुन् भन्ने थाहा पाइनछ । मुखैले पुस्तकका पाना पल्टाउँदै उनी भन्छन्, “हात नचल्दा त यो पुस्तकको पाना पल्टाउन पनि निक्कै अप्ठ्यारो हुने रहेछ ।”
लेख्न त झन् कष्टकर हुनेनै भयो । कलमलाई दाँतले टोकेर कापीमा बान्की मिलाएका अक्षर लेख्नु सजिलो काम पक्कै हैन । तै पनि उनले निकै मेहनत गरेर केही लेखेर देखाए ।
“गाउँबाट बेलाबेलामा आमा काठमाडौं आइरहनु हुन्छ । बाबा भने अहिलेसम्म २ पटक मात्र भेट्न आएका छन् ।” छेउमै बस्नु भएकी मावली हजुरआमातिर हेरेर अमिरले भने । उनीभन्दा साना भाइ र बहिनी २ जना छन् क्रमशः १३ र ७ वर्षका ।
जिन्दगीमा केही गर्न सके (अमिरले मौका पाए पक्कै सक्छन् ।) के गर्ने मन छ भन्ने प्रश्नमा उनले भने “म घरको जेठो छोरो भएकाले मैले मेरो बा÷आमालाई पाल्नुपर्छ ।”
जिन्दगीमोे सबैभन्दा खुसी कहिले लाग्यो भन्ने प्रश्नको उत्तर दिन भने अमिरलाई केहीबेर लाग्यो । करुणा फाउन्डेसनका कर्मचारी उनीकहाँ फेरि फर्केर आएको घटनाले उनलाई खुसी बनाएको रहेछ । पहिले सोधखोध गर्नेहरू फर्केर आउँदैनथिए रे । उनी भन्छन्, “त्यस क्षणभन्दा धेरै खुसी त अब कहिले हुन्छु होला र ! ” यसैगरी निकट भविष्यको एउटा घटनाबाट पनि उनी रमाइलो हुने ठानिरहेका छन् । भन्छन्, “मेरो पहिलो गीत रेकर्ड हुँदा झन् धेरै खुसी हुन्छु कि !”
अमिर मीठा गीत लेख्छन्, कविता लेख्छन्, क्यानभासमा चित्र बनाउँछन् । अहिले त आफ्नै जीवनी पनि लेख्न थालेका छन् ।
उनले केही समयअगाडि लेखेका एउटा गीत यस्तो छ :
हिँड्नका लागि खुट्टा छैन
लेख्नका लागि हात छैन
म जस्तो अपाङ्गलाई
कसैले पनि चिन्या छैन…
“जब मलाई पीडा हुन्छ अनि म गीत, कविता लेख्न थाल्छु”, उनी भन्छन् । अमिरलाई कविता पत्रपत्रिकामा छपाउन मन लाग्दैन रे । उनले कारण खुलाउँदै भने, “म प्रायः आफूले भोगेका कुरा लेख्छु, दुःख बारेमा लेख्छु । म चहान्छु, मेरा कारणले अरूलाई चोट नपुगोस् । म अरूलाई निराश बनाउन चाहन्न ।”
अमिरलाई गीत गाएर सुनाउन भने मन पर्छ । उनको आवाज पनि मीठो छ । उनले आपैmँले लेखेको गीत लय हालेर सुनाए –
‘हारेको मन मेरो अब हार्ने छैन
यो जिन्दगीलाई घृणा गर्ने छैन…’
अमिर जिन्दगीप्रति निकै सकारात्मक छन् ।
अमिरले हामी हिँड्ने बेला भने “सरहरूलाई धेरै धन्यवाद ! बिस्तारै जानु है ।” “Take Your Mobile” उनले अंग्रेजीमै मलाई सम्झाए । उसको हजुरआमा छेउमा बसेर मुसुमुसु हाँसीरहेकी थिइन् । त्यसभन्दा पनि अमिरको मुहारमा जीवनको लालीगुँरास फक्रिएको थियो ।
अमिर कहिल्यै नहारुन् ।
(बाह्रखरी)