प्रधानमन्त्री देउबाद्धारा पालुङ घट्टेचौरमा लोकतान्त्रिक गठवन्धनको सभालाई सम्वोधन
पालुङ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाम गठबन्धनले जिते लोकतन्त्र खतरामा पर्ने बताएका छन् ।
बाम गठबन्धनले काठमाडौंका अधिकांश क्षेत्र सहित दुई तिहाई बहुमत ल्याउने दावी गर्दै पहिलो चरणमा भएको निर्वाचनमा पनि अत्यधिक क्षेत्रमा बवाम गठबन्धनको जित सुनिश्चित भएको बताउनुभयो । दोस्रो चरणमा पनि धेरै क्षेत्र सुनिश्चित भएको उहाँको भनाई थियो ।
थाहा नगरको घट्टेचौरमा बिहिबार लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बाम गठबन्धनले जितेमा लोकतन्त्रको भविश्य अनिश्चित हुने भन्दै अधिनायकवाद आउने दावी गरे ।
प्रतिनिधि र प्रदेश सभाको चुनाव ऐतिहासिक भएको भन्दै महासचिव पोखरेलले सबै मतदातालाई सजग भएर मतदान गर्न आग्रह गर्नुभयो । निर्वाचनपछि वामगठबन्धनको सरकार बन्ने र त्यसले पाँच वर्षसम्म देशमा आमूल परिवर्तन ल्याउने दाबी गर्दै काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधि सभाका उम्मेदवार समेत रहनुभएका पोखरेलले निर्वाचनपछि बन्ने सरकारले विकास निर्माण, सुशासन, लोककल्याणकारी राज्यको निर्माण गर्ने बताउनुभयो ।
सविधान र घोषणापत्रका आधारमा सरकार सञ्चालन हुने उहाँको भनाई थियो । बाम गठबन्धनबाट हतास मनिस्थितिका कारण दुष्प्रचार गरिएको भन्दै पोखरेलले नकारात्मक प्रचार गरिएकाले त्यस्तो भ्रममा नपर्न उहाँले आग्रह गर्नुभयो । सरकारले नै योजनाबद्व ढंगले हिंसात्मक गतिविधिलाई प्रशय दिएको महासचिव पोखरेलले आरोप लगाउनुभयो । ‘हाम्रो गठबन्धन कसैको विरुद्व होइन, गलत प्रचार गर्नुको कुनै अर्थ छैन,–‘उहाँले भन्नुभयो ।
महासचिव पोखरेलले अधिनायकवादको कुरा बेकार भएको भन्दै वामगठबन्धनको सरकारले संविधानले प्रदत्त गरेका ३२ वटा मौलिक हक कडाईका साथ पालन गर्ने बताउनुभयो ।
कांग्रेसकै कार्यकर्ताको घरमा बम भेटिनु गम्भीर कुरा भएको उहाँको भनाई थियो । ‘हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले कुनै प्रक्रिया अघि बढाएको छैन्, यसले गम्भीर आशंका पैदा भएको छ’–उहाँले भन्नुभयो ।
गुल्मीमा कांग्रेस कार्यकर्ताको घरमा भेटिएको बमका सम्बन्धमा नेपाली कांग्रेस तथा सरकारको धारणा सार्वजनिक हुन नसकेको भन्दै दुःख व्यक्त गर्नुभयो । ‘कम्युनिस्ट समस्या लिएर आउँदैन्, समाधान दिन्छन्’–उहाँले भन्नुभयो ।
नयाँ ढंगले देशको आर्थिक विकासमा लाग्न कम्युनिस्ट गठबन्धन आतुर भएको उहाँको भनाई थियो । चुनावपछि मात्रै पार्टी एकताबारे बहस गरेर टुंगोमा पुगिने महासचिव पोखरेलले बताउनुभयो । ‘मंसिर ९ गते पार्टी एकता गलत नियतले उठाइएको थियो’ उहाँले भन्नुभयो । ‘को के भन्ने र कस्तो रणनीति लिएर पार्टी एकटा गर्ने चुनावपछि बृहत छलफलपश्चात टुंगोमा पुग्ने छौं’ उहाँले भन्नुभयो ।
दोस्रो चरणमा मंसिर २१ गते हुने १ सय २८ क्षेत्र मध्ये १ सय ५ क्षेत्र जित सुनिश्चित भएको महासचिव पोखरेलले बताउनुभयो