#HappyFatherDay बाबुको मुख हेर्ने दिन कुशे औंसीकाे सबैलाई शुभकामना ।
हिन्दू सनातन धार्मिक परम्परा अनुसार बाबुको मुख हेर्ने दिन अर्थात् कुशे औंसी हरेक वर्षको भाद्र महिनाको अमावस्या (औंसी)का दिन मनाइने एक सामाजिक हिसाबले महत्वपूर्ण पर्व हो |
बाबुको मुख हेर्ने, बाको मुख हेर्ने,पिताको मुख हेर्ने वा कुशे औंसी तथा गोकर्ण औंसी आदि नामबाट चिनिने एवं सम्बोधन गरिने यो पर्व विशेषगरी आफूलाई जन्म दिने पिताको श्रद्धा र सम्मानमा परम्परा अनुसार मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र आफ्ना बाबुको मुख हेर्ने कार्य गरी सहर्षका साथ मनाइन्छ |
हिन्दू धर्म शास्त्र अनुसार कुशे औंसी तथा बाबुको मुख हेर्ने दिन हिन्दुहरु वर्षदिनमा देवकार्य, पितृकार्य, कर्मकाण्डमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याउँछन् र यसरी विधिवत् तरीकाले पूजन गरी कुश घरमा भित्रयाउँदा घर-परिवार सबैको कल्याण एवं शुभ हुने धार्मिक विश्वास गरिन्छ |
यस कुशे औंसीको दिन नेपालभित्र वा बाहिर बसोबास गर्ने छोराछोरीहरु आ-आफ्नो बुबाको मुख परम्परागत रुपले हेर्नका लागि विभिन्न परिकारका मिठाई.खानेकुरा फलफुल भोजन आदि सहित आफ्नो घर आउँछन् र आफूलाई जन्म दिएर हुर्काई ठूलो बनाउने आफ्नो बुबाप्रति सम्मानपूर्वक कृतज्ञता ज्ञापन गर्न पितृ दिवसको रुपमा मनाइने यस पर्वमा आ-आफ्नो बुबालाई सम्मान एवं आदर प्रकट गरी आशिर्वाद ग्रहण गर्ने गर्दछन् |
यस्तैगरी बुबा नहुने अर्थात् दिवंगत भएकाहरु पनि एकाविहानै देखि काठमाडौँको गोकर्णस्थित साली नदीमा गई स्नान गरी पूरै विधिपूर्वक आफ्ना दिवंगत बुबाको सम्झनामा श्राद्ध तथा पिण्डदान गरेर पुरोहित तथा ब्रह्माण्डहरुलाई आफूले सकेअनुसारको दानदक्षिणा दिने गरी पनि नेपालको काठमाडौँको समाजमा बुबाको मुख हेर्ने दिन अर्थात् कुशे औंसी मनाउने परम्परा बिध्यमान छ | तसर्थ कुशे औंसीको दिनलाई गोकर्णे औसीको दिन पनि भनिदोरहिछ |