Breaking News

थाहाको तरकारी पोखरामा विक्री हुँदै

सरकारले लकडाउनमा खाद्यान्न तथा तरकारी ओसारपसारमा रोक नलगाए पनि खेतबारीको तरकारी बजारसम्म पु¥याउन सहज नभइरहेको बेला बजार सहजीकरणले स्थानीय किसानलाई निकै राहत मिलेको कृषकहरु बताउँछन् । ‘

माटोमा लगाएको तरकारी माटोमै मिल्ला की भन्ने त्रास छाइरहेको बेला थाहा नगरपालिकाका किसानलाई पोखराको तरकारी बजारले केही राहत दिने भएको छ । मुख्य आम्दानीको श्रोत नै तरकारी रहेको थाहानगरको लागि लकडाउनको बेला पोखरा क्षेत्र बजार बन्ने देखिएको छ । थाहा नगरमा उत्पादित तरकारी पोखराको बजारमा लगेर बेच्ने व्यवस्था मिलाइएको रोटरी क्लब अफ थाहाका अध्यक्ष अच्युत्तमप्रसाद ढकालले बताए ।
पोखरामा व्यवसाय गर्दै आएका ढकालले लकडाउनको कारण थाहाको तरकारी खेतबारीमै कुहिन सक्ने खतरा भएकोले पोखराको बजारसम्म पु¥याउन सहजीकरण गरेका हुन् । 
सरकारले लकडाउनमा खाद्यान्न तथा तरकारी ओसारपसारमा रोक नलगाए पनि खेतबारीको तरकारी बजारसम्म पु¥याउन सहज नभइरहेको बेला बजार सहजीकरणले स्थानीय किसानलाई निकै राहत मिलेको कृषकहरु बताउँछन् । ‘थाहाको ताजा तरकारी सिधै पोखरा ल्याएर विक्री वितरण गर्ने व्यवस्था मिलाएका छौं,’ ढकालले भने । 
थाहाको तरकारी पोखरामा विक्री गर्ने व्यवस्था भएपछि शुक्रबारबाटै त्यता तरकारी पठाउन थालिएको छ । बज्रवाराहीको तरकारी पोखरा पठाउन स्थानीय रुपमा मुक्तिनाथ उप्रेती, सानुकाजी गोपाली, राजेन्द्रप्रसाद विँडारी र कल्पना बलामीले सहजीकरण गरेको ढकालले बताए ।