Breaking News

कैलाश गाउँपालीकाले काठमाडौंमा फसेका आफ्ना नागरिकलाई लिनका निम्ति आज ०९ वटा बस पठायकाे छ ।

काठमाण्डौंको विभिन्न स्थानमा ज्यालामजदुरी गर्दै आएका कैलाश गाउँपालिकाका पाँच सय नागरिकहरुलाई आज शनिबार गाउँ ल्याइँदैछ । गाउँ फर्किन चाहने मजदुरहरुको सम्पर्कको आधारमा उनीहरुलाई विशेष सावधानी अपनाएर गाउँ ल्याउन लागिएको कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले बताए ।
लामो समयको लकडाउनका कारण काठमाण्डौंमा अलपत्र परेका नागरिकहरु लिन शनिबार मध्यान्ह नौ वटा बस थाहानगरबाट काठमाण्डौंतर्फ गएको छ । ‘एउटा बसमा ५० जना राख्ने भनेको छ, फर्किनेहरुको नाम र सम्पर्क टिपिसकेको छ, काठमाण्डौंबाट फर्किँदा साझँ हुन्छ होला,’ कैलाशको नागरिक लिन जानुअघि एक बस चालकले भने ।
काठमाण्डौमा बसेका कैलाशका नागरिकलाई गाउँपालिकाले काठमाण्डौंमा नै ज्वरो जाँच गर्ने, मास्क, पञ्जा लगाउने र स्यानीटाइजर प्रयोग गरेर मात्र ल्याउन लागिएको अध्यक्ष मोक्तानको भनाइ छ । उनका अनुसार बसमा औषधि छर्किनेछ । 
मकवानपुर क्षेत्र नम्बर–२ का सांसद विरोध खतिवडासंग समन्वय गर्दै गाउँपालिकाले स्वास्थ्य सुरक्षा अपनाएर आफ्ना नागरिकलाई काठमाण्डौबाट गाउँमा ल्याउन लागेको हो । अलपत्र परेकाहरुलाई गाउँसम्म ल्याउन गाउँपालिकाले खर्च गर्नेछ । 
लकडाउनमा काठमाण्डौंमा रहेका र घर फर्किन चाहने कैलाशका नागरिकहरु करीब एक हजार रहेको कैलाशका अध्यक्ष मोक्तानले बताए ।