Breaking News

पुनः थप १७ जनामा कोरोना संक्रमणको पुष्टि, नेपालमा संक्रमितको संख्या २ सय ८ पुग्यो

३० बैशाख । आज साँझ थप १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
आज दिउँसो मात्र ५७ कोरोना संक्रमित भेटिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणबाट थप १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
योसंगै आज मात्र ७४ जना नयाँ संक्रमित नेपालमा फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै संक्रमितको संख्या २ सय ८ पुगेको छ ।