Breaking News

सीमा विवादबारे जथाभावी नबोल्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवादबारे जथाभाबी नबोल्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सीमाबारे आफूखुसी जथाभावी नबोल्न मन्त्रीहरूलाई निर्देशन दिएका हुन् ।
एक मन्त्रीकाअनुसार प्रधानमन्त्री ओलीले सीमा समस्या कूटनीतिक तवरबाट नै हल गर्ने विषय भएकोले यसमा व्यक्तिगत रुपमा जथाभावी नबोल्न कडा निर्देशन दिएका छन् । उनले सीमा समस्या हल गर्नको लागि आफ्नो तर्फबाट पहल गरिरहेको पनि विश्वास दिलाएका थिए ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले लिपुलेख लिम्पियाधुरा नेपालको नक्सामा कहिलेपनि नभएको प्रतिक्रिया दिएको भन्दै सोमबारको संसदीय बैठकमा आलोचना भएको थियो । सोही प्रसंगलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई निर्देशन दिएको हुन सक्ने एक मन्त्रीले जनाएका छन् ।