Breaking News

नेपालमा कोरोना संक्रमणका कारण फेरी १ जनाको मृत्यु , मृत्यु हुनेको संख्या ११ पुग्यो

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।
१४ दिन क्वारेन्टिनमा बसेर घर फर्किएका पञ्चपुरी नगरपालिका–१ हाँसे गाउँका २० वर्षीय युवाको बुधबार राति मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण निधन हुनेको संख्या ११ पुगेको हो ।
भारतबाट फर्केका उनलाई १४ दिन क्वारेन्टिनमा राखेर आरडिटी परीक्षण गर्दा नेगेटिभ देखिएपछि घर पठाइएको भएता पनि बुधबार राति मृत्यु भएपछि उनको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको बताइएको छ ।
हुम्लाको पञ्चपुरी नगरपालिका–१का वडाअध्यक्ष धनबहादुर थापाका अनुसार अहिले उनको शव व्यवस्थापनको तयारी सुरु गरिएको छ ।