Breaking News

हत्याको आरोपी सार्वजनिक,ससुरा,सासु,नन्दहरूले हत्या गरेको || Susmita Thapa latest News

मकवानपुर । यही असार २ गते हेटौंडा उपमहानगरपालिका वडा नं ४ कर्रास्थित सूर्यचोकमा आफ्नै घरको भान्सा कोठामा मृत भेटिएकी सुस्मिता क्षेत्री थापाको हत्यामा संलग्न अभियुक्तहरुलाई मकवानपुर प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले हत्या प्रकरणमा संलग्न अभियुक्तहरुलाई पक्राउ गरी सोमबार (आज) पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गरेको हो । सुस्मिताको हत्या उनकै परिवारका सदस्यहरु संलग्न रहेको प्रहरीले बताएको छ ।
उनको हत्यामा उनकै ससूरा प्रकाश थापा, कान्छी नन्द सीता थापा, जेठी नन्द दुर्गा थापा र सासू तुलसा थापा  संलग्न भएको प्रहरीले जनाएको छ । २६ वर्षीया सुस्मितालाई ससूरा, सासू र कान्छी नन्दले लाठी र लोहोरोले टाउकोमा प्रहार गरी हत्या गरेको तथ्य प्रहरी अनुसन्धानबाट खुलेको बताइएको छ । प्रहरीले मानसिक यातना, यौनजन्य कारण र आर्थिक कारणले घटना घटेको निश्कर्ष निकालेको छ ।
हेर्नुहोस् प्रहरीले तयार पारेको प्रेस स्टेटमेन्ट