Breaking News

सिमभन्ज्याङमा पर्यटकिय तालको निर्माण कार्य सुरु PALUNGBEAUTY

 

करुणा भुमी सामुदायिक बन उपभोक्ता समितिले बिगत १० बर्ष देखि गरेको अभियानले अब आयर सार्थकता पाउने चरणको सुरुवात भएको छ। थाहा नगरपालिकाको मुख्य पर्यटकीय स्थल,तथा मकवानपुर जिल्लाकै उच्च भागमा अवस्थित रमणीय स्थल सिमभन्ज्याङको निर्माणाधीन पर्वतिय कृतिम तालको निर्माण को लागि ठेक्का परेसंगै निर्माणको काम सुरु भएसंगै १० बर्षको पहलले सार्थकता पाउन लागेको हो।बागमती प्रदेश सरकार भौतिक पुर्वाधार मन्त्रालयको ८० लाख रुपैयाँको बजेट बाट ताल निर्माण हुन लागेको हो। स्यार्से कालि बिल्डर्स प्रा लि ले ६१ लाख ३३ हजार रुपैयाँमा ठेक्का सम्झौता गरि काम सुरु गरेको हो। तीन वटा ताल निर्माण सम्पन्न भएपछी तालमा वोटिङ्गका साथै लोपोन्मुख असला माछा संरक्षणको साथमा फिसिङको पनि व्यवस्था हुने छ। ताल निर्माण पश्चात् थाहा नगरमा भित्रने पर्यटनको बसाइँ लम्बिन गइ पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने करुणा भुमी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बिनोद कुमार लामाले बताउनुभयो।