Nepali Gajal
___________गजल ____________
लागेन कतै यो मेरो मन तिम्रो सहरमा
रहिछ साह्रै कष्ट जिबन तिम्रो सहरमा ||
थकान मेट्ने चौतारी न पिपलको छाया
मान्छे मात्रै अटन खटन तिम्रो सहरमा ||
कहाँ खेल्छन् चराचुरी भगेरी गौथली
नछ बगैचा नत आगन तिम्रो सहरमा ||
बिदेशिकै पोसाक अनि बिदेशिकै पर्व
भेटाइन कतै नेपालीपन तिम्रो सहरमा ||
लुगा जस्तै दिनदिनै फेर्दै हिड्छन माया
रहिनछन कोहि मुना मदन तिम्रो सहरमा ||
अर्धनग्न भएर टालाटुलि भिरी हिड्छन
साह्रै शर्मलाग्दो पहिरन तिम्रो सहरमा ||
गित पनि इङलिस र्याप अनि हनि सिंह
लोकभाकाको भएछ पतन तिम्रो सहरमा ||
मान्छेले मान्छेलाइ नै कुल्चिएर हिड्ने ति
रहिछन कस्ता निर्दयी जन तिम्रो सहरमा ||
पन्थी बजेरी अर्जुन
गुल्मी तम्घास अड्बिसे
लागेन कतै यो मेरो मन तिम्रो सहरमा
रहिछ साह्रै कष्ट जिबन तिम्रो सहरमा ||
थकान मेट्ने चौतारी न पिपलको छाया
मान्छे मात्रै अटन खटन तिम्रो सहरमा ||
कहाँ खेल्छन् चराचुरी भगेरी गौथली
नछ बगैचा नत आगन तिम्रो सहरमा ||
बिदेशिकै पोसाक अनि बिदेशिकै पर्व
भेटाइन कतै नेपालीपन तिम्रो सहरमा ||
लुगा जस्तै दिनदिनै फेर्दै हिड्छन माया
रहिनछन कोहि मुना मदन तिम्रो सहरमा ||
अर्धनग्न भएर टालाटुलि भिरी हिड्छन
साह्रै शर्मलाग्दो पहिरन तिम्रो सहरमा ||
गित पनि इङलिस र्याप अनि हनि सिंह
लोकभाकाको भएछ पतन तिम्रो सहरमा ||
मान्छेले मान्छेलाइ नै कुल्चिएर हिड्ने ति
रहिछन कस्ता निर्दयी जन तिम्रो सहरमा ||
पन्थी बजेरी अर्जुन
गुल्मी तम्घास अड्बिसे