Breaking News

Nepali Gajal

नारिको अस्मिता लुट्ने कति होलान,
कानुनको नजरबाट, छुट्ने कति होलान??

महिला जागरण अभियान चलाउने भन्दै,
गाउँ अनि सहरमा गफ, चुट्ने कति होलान??

आफन्त घर परिवारले अबहेलाना गर्दा,
जोडिएको सम्बन्ध, टुट्ने कति होलान??

तस्कर बनी दजुभाइले दिदीबहिनी बिक्री गर्दा
आँसु झार्दै आखाबाट मुल, फुट्ने कति होलान??

सुजन अधिकारी 
हर्मी गोर्खा
हाल सुन्दरबजार लमजुङ