Breaking News

चित्लाङमा भेटियो दुर्लभ र विषालु राजगोमन, ९ फिट १० इन्च लामो र ४ किलो तौल

 

दुर्लभ र विषालु मानिने राजगोमन (किङ्ग कोब्रा) प्रजातिको सर्प उत्तरी मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङमा भेटिएको छ ।

यही साउन ७ गते आइतबार राति चित्लाङका बुद्ध बलामीले आफ्नै घरभित्र अनौठो सर्प देखेपछि वडाध्यक्ष पर्शुराम श्रेष्ठलाई फोन गरेका थिए । बलामीले स्थानीय क्षेत्रमा पाइने सर्प छोपेर बसिरहेको अवस्थामा राजगोमनलाई देखेका थिए । भक्तपुरबाट सर्प उद्धार समूहका सदस्य बोलाइ सोमबार राजगोमनको उद्धार गरिएको थियो ।

राजगोमन नौ फिट १० इन्च लामो र चार किलो तौलको रहेको छ । उद्धारपछि समूहका सदस्यले स्थानीयलाई राजगोमनको बारेमा जानकारी गराएका थिए । उद्धार गरिएको राजगोमनलाई चित्लाङस्थित चन्द्रागिरी जङ्गलमा लगेर सुरक्षित तवरले छाडिएकोे वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।                                               भिडियो हेर्न तल Click गर्नुहोला!                                 https://vm.tiktok.com/ZMJkyp4kP/