Breaking News

दामन को ऋषेश्वर महादेव यात्रा - Daman Palung One Wonderful Place Nepal


थाहा नगरपालिकाको ऋषेश्वर महादेव मन्दिरमा भब्य मेला लागेको छ । हरिबोधिनी एकादशीको अबसरमा सन्तानेश्वर महादेव मन्दिरका रुपमा रहेको यो तिर्थस्थलमा मेला लागेको हो।मेला भर्न थाहानगरका बिभिन्न क्षेत्र, धादिङ्, हेटौडा, काठमाडौँ लगायतका ठाउँबाट दर्शनार्थीहरु आएका छन् । आज बिहानैदेखि सिमसिम बर्षासहित बादल लागेकाले दर्शनार्थीहरु प्रभावित भएका छन् ।
हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले आजको एकादशीलाई हरिबोधिनीका रुपमा मनाउने चलन छ । आज भात नखाई सखरखन्ड, पिँडालु, मकै, गंहू, फर्सी लगायत खाने गरिन्छ ।