Breaking News

थाहा नगरको टिष्टुङमा पहिरो जाँदा केही सवारीसाधन पुरिए

 थाहा नगरपालिका– १२ अन्र्तगत त्रिभुवन राजपथको टिष्टुङ गैरीगाउँमा पहिरो जाँदा टिपर र एक्साभेटर पुरिएको जानकारी आएको छ । बिहीबार साँझ गएको पहिरोमा परी केही टिपर र एकवटा एक्साभेटर परिएको स्थानीयले जानकारी दिएपछि अहिले इलाका प्रहरी कार्यालयको टोली घटना स्थलमा पुगेको छ ।

पहिरो गएको तर कति वटा सवारीसाधन परिएको वा मानविय क्षती भए नभएको भन्न सक्ने अवस्था नरहेको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकास तामाङले जानकारी दिए । प्रहरी र स्थानीयको सहयोगमा उद्दारको प्रयास सुरु गरिएको उनले बताए ।

व्यक्तिले सञ्चालन गरेको ढुंगा खानीमा खन्ने क्रममा पहिरो गएर टिपर र एक्साभेटर पुरिएको बताइएको छ । थाहा नगरका मेयर लवशेर विष्टले पहिरो गएको खबर आएको बताए । उनले क्षतिको विवरण भने आउन नसकेको जानकारी दिए ।

प्रहरीसँग प्रर्याप्त जनशक्ति नभएका कारण र सात परेकाले अहिले नै पहिरो हटाउन सक्ने अवस्था नरहेको बताइएको छ । पहिलोले त्रिभुवन राजपथ समेत अवरुद्ध भएको जनाइएको छ । थप विवरण आउन बाँकी रहेको छ ।