Breaking News

कृष्ण जन्माष्टमीमा घैटो भुटाउदै #दामन #पालुङ मा || Krishna Janmashtami C...

कृष्ण जन्माष्ठमीमा कृष्णको मृत्यु बारे केही बुझौं

      आफ्नो १०० भाई छोराहरुको मृत्युले भावविह्वल बनेकी गान्धारीको ठम्याइ थियो कि ती सबका मृत्युका कारण कृष्ण नै हुन । यदि कृष्णले चाहेको भए कुरुक्षेत्रको युद्ध रोक्न सक्दथे तर कृष्णले पाण्डब र कौरब दाजुभाइ बिचको युद्द गराई कौरब बंसको नाश  गरि दिए भन्ने बुझाई गान्धारीको थियो । त्यसैले गान्धारीले कृष्णलाई यदुबंस ( कृष्णको बंस ) र स्वयं कृष्णको समेत कौरबको झै नाश होस भन्ने श्राप दिएकी थिईन ।
     
          गान्धारीको श्रापको कारण द्वारीकामा (मथुरा) यादब बंस बिच सत्ता र सम्पत्तिको लागि झगडा हुन थाल्यो । झगडा यति विघ्न बढ्यो कि यिनिहरु बिच ठुलो युद्द नै भयो । त्यो युद्धमा कृष्णका छोरा प्रधुम्नको पनि मृत्यु भयो । यो सब भए पछि कृष्णले द्वारिका छाड्ने निर्णय गरे । कृष्णले द्वारिका छाडे पछि द्वारिका समेत समुन्द्र मुनि डुब्दछ । भनिन्छ द्वारिका अस्तित्व अहिले पनि अरब सागर मुनी भेटिन्छ ।
           यो सबै घटनाले आहत बनेका कृष्ण एकदिन रुखको छहारीमा आराम गरेर बसि रहेका थिए । शिकारको खोजीमा हिडेको एक शिकारीले कृष्णको खुट्टामा भएको कमल चिन्हलाई हरिणको खुट्टा भन्ने ठानेर बाण चलाउदा उनको मृत्युु हुन्छ । कृष्णको मृत्युु सँगै द्वापर युगको समेत अन्त्य हुन्छ ।

को थिए शिकारी ?
         भगवान कृष्णले अघिल्लो जन्ममा रामको रुपमा बिना कुनै कारण बिना कुनै दुष्मनी वालीलाई लुकेर मारेका थिए । वास्तवमा वाली नै यो जन्मको शिकारी थिए । उनै शिकारीको हातबाट नै कृष्णको मृत्य हुने समेत पहिल्यै निश्चित समेत थियो ।

                                      यादब जंग रायमाझी
                                       थाहा नगरपालिका
                                            शिखरकोट