Breaking News

अबदेखि बैंकहरुले कृषि क्षेत्रमा १५ प्रतिशत लगानी गर्नै पर्ने

 नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गरेको छ। गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिअनुसार अब बैंकहरुले कृषि क्षेत्रमा १५ प्रतिशत लगानी गर्नै पर्ने भएको छ। 
मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले कृषि क्षेत्रमा लगानी गर्नैपर्ने बाध्यकारी व्यवास्थालाई कडाई गरेको हो। 'बैंकहरुले कुल कर्जाको १५ प्रतिशत लगानी कृषि क्षेत्रमा गर्नुपर्ने छ', मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर अधिकारीले भने। यसअघि १० प्रतिशत कर्जा लगानी गर्ने व्यवस्था थियो।
फलफूलमा आत्मनिर्भर हुन सहयोग पुर्‍याउने गरी व्यावसायिक रुपमा गरिने आँप, सुन्तला, जुनार, मौसम, किवी, ड्रयागन फ्रुट, कागती, लिचि, एभोकाडो लगायत खेतीको लागि लिएको कर्जामा पहिलो वर्ष ०.२ प्रतिशत र दोस्रो वर्ष ०.६ प्रतिशत मात्र कर्जा नोक्सानी व्यवस्था कायम गरे पुग्‍ने व्यवस्था पनि मिलाइएको छ ।