Breaking News

भारतीय आलु भन्दा पालुङको आलु स्वादिलो र मिठो भएपछि किन्नेहरुको घुँइचो

वीरगञ्ज – खानामा स्वादिलो तथा मिठो हुने भएकाले पहाडको आलु तराईमा लोकप्रिय हँुदै गएपछि यसको माग पनि ह्वातै बढ्को छ । आलुको मुख्य भण्डारको रुपमा रहेका वीरगञ्जस्थित मीना बजारमा अहिले पहाडको पालुङबाट दैनिक १५ लाख मूल्य बराबरका पाँच टन आलु आउने गरेको जनाएको छ ।भारतीय आलु भन्दा पालुङको नयाँ आलु खानामा स्वादिलो तथा मिठो हुने भएकाले वीरगञ्जमा यसको माग बढ्दै गएको मीना बजारस्थित आलुका थोकव्यापारी चन्द्रिकाप्रसाद रौनियारले बताउनुभयो ।यहाँ करीब १५ जना थोक व्यापारी छन् । तिनीहरु पालुङका आलु बेच्ने गरेका छन् । त्यति मात्र नभएर भारतीय बजारमा पनि पहाडको आलुका माग बढ्दै गएपछि यतिखेर सीमावर्ती भारतीय बजार रक्सौलका व्यापारीले टागामा लोड गरेर दैनिक एक टन आलु लाने गरेका छन् । अहिले पालुङको आलु स्थानीय बजारमा प्रतिकिलो रु ४० मा बिक्री भइरहेको छ ।