Breaking News

हेर्दा हेर्दै चितामा जलिरहेको शव बाढीले बगायो, मलामीको भागाभाग (भिडियो सहित)


इलामको फाकफोक खोलामा आएकोको बाढीले चितामाथि जलिरहेको शव बगाएको छ । खोलामा एक्कासी बाढी आएपछि मलामी गएकाहरुको भागदौड मच्चिएको थियो । खोला किनारामा जलाइएको शव खोलमा आएको भीषण बाढीले बगाएको हो ।शव पुरै नजलिसकेकै अवस्थामा खोलामा बाढी आएछि चितासँगै शवलाई बगाएको भिडियोमा देखिएको छ । केही दिन यता अविरल वर्षा भइरहेका कारण खोला किनारामा पानीको सतह बढेपनि आज इलामको पहाडी क्षेत्रमा परेको भीषण वर्षाका कारण खोलामा बाढी आएको स्थानीयले बताएका छन् ।
बाढीले शव बगाए पनि मलामी गएकाहरु भने सुरक्षित रहेको जनाइएको छ । जल्दै गरेको शव बाढीले यसरी बगायो हेर्नुस् भिडियोमा