Breaking News

लकडाउनको बेला ट्यांकरमा लागु औषध ओसार्ने मकवानपुरका दुई जना पक्राउ

लकडाउनको समयमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरमा लागु औषध ओसारपसार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका वडा नं. ४ घर भई हेटौंडा–४ डेरा गरी बस्ने बर्ष ३३ को मान बहादुर थोकर रहेटौंडा–४ बस्ने बर्ष ४५ को सेते लामा रहेका छन् ।
पश्चिम लोकमार्ग अन्तरगत हेटौडा १५ मा रक्सौल तर्फबाट डिजेल बोकेर काठमाण्डौतर्फ जाँदै गरेको ना ३ ख ६४६६ नम्बरको ट्याङकरलाई रोकी चेकजाँच गर्दा लागुऔषध फेला पारेको हो । उक्त ट्याङकरको तेल निकाल्ने लकिङ बक्समा लुकाई छिपाई ल्याएको अवस्थमा १५५ बोतल लागु औषध विनसिरेक्स सहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुबैलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।