Breaking News

मकवानपुर निवासी ३७ वर्षिय पुरुषमा पनि कोरोना संक्रमण

पछील्लो रिपोर्ट अनुसार मकवानपुरका एक जना पुरुषमा पनि कोरोना संक्रमण देखा परेको छ । नौ जना कोरोना संक्रमित थपीएसंगै मकवानपुरका ३७ वर्षिय एक जना पुरुषमा पनि कोरोना संक्रमण देखा परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मकवानपुर घर भएका पुरुषको काठमाण्डौंको टेकु प्रयोगशालामा परिक्षण गर्दा कोरोना संक्रमण पुष्टी भएको वताइएको छ ।
मकवानपुर घर भएका कोरोना संक्रमित अस्थायी रुपमा कहाँ वस्ने भन्ने कुरा अझै खुलेको छैन । मकवानपुर निवासी भएपनि हेटौंडाको कोरोना ल्यावमा भने ३७ वर्षिय ती पुरुषको कोरोना परिक्षण नभएको र यहाँबाट काठमाण्डौ पनि नपठाइएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर पुरुसोत्तम सेडाईले जानकारी दिनुभयो ।
हेटौंडाको ल्यावमा र कर्रामा रहेको आइसोलेसनमा राखिएकाहरु पाँच सय भन्दा वढीको कोरोना परिक्षण गरिएपनि हाल सम्म पनि उनीहरुको पीसीआर रिपोर्टमा कोरोना संक्रमण भएको पुष्टी भएको छैन । त्यसैले मकवानपुर निवासीहरु नआतीन तर, सजग रहन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।
कोरोना संक्रमित पुरुषको परिक्षण राष्ट्रिय प्रयोगशाला टेकु र नेपालगन्मा गरिएको स्वास्थ्य मन्त्रालयको प्रेस विज्ञप्तीमा उल्लेख छ । आज कोरोना पुष्टी भएका पुरुष मकवानपुर जिल्लाको पहिलो संक्रमित भने होइनन् । यसअभि पनि मकवापुरको चित्लाङ निवासी पत्रकारलाई कोरोना संक्रमण भएको छ ।
अहिले उहाँ बिरगन्को आइसोलेसनमा उपचाररत हुनुहुन्छ । मकवानपुर घर भएका तर अन्यत्र वस्दै आएका मध्य आज देखिएका कोरोना संक्रमित दोस्रो व्यक्ति हुन् । आज मकवानपुर घर भएको भनेर स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीमा मकवानपुर घर भएपनि कहाँ अस्थायी रुपमा वसेर काम गर्ने भन्नेकुरा खुलाएको छैन ।