Breaking News

नेपालमा आज अहिलेसम्मकै धेरै एकै दिन १५६ कोरोना संक्रमित थपिए

विभिन्न जिल्लामा थप कोरोना भाइरसका १ सय ५६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत विभिन्न जिल्लामा थप १ सय ५६ जनामा कोरोना भाइरसका संक्रमित फेला परेको जनाएको छ ।
नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नयाँ जनासहित संक्रमितको संख्या १०४२ पुगेको जानकारी दिएका छन् । हिजो दिउँसो ४ बजेसम्म ८८६ जनामा कोरोना भाइरसको संक्रमण भएको थियो ।नयाँ संक्रमितमध्ये सप्तरीमा १४ जना, झापामा २५, नवलपुरमा १ जना, धनुषामा २९ जना, रौतहटमा २० जना, महोत्तरीमा १७ जना र सर्लाहीमा ७ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।
त्यस्तै सिरहामा ६, दोलखामा २, सोलुखुम्बुमा १, बझाङमा १, सुर्खेतमा १३, सुर्खेतमा परीक्षणका क्रममा ठेगाना नखुलेकी १ महिला, दैलेखमा ८ जना, स्याङ्जामा ३, दार्चुलामा १, कैलालीमा २, मकवानपुरमा १, बर्दियामा ३ र बाँकेमा १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए ।