Breaking News

नेपालमा थपिए एकैपटक २०१ कोरोना संक्रमित, संक्रमितको संख्या २३०० पुग्यो

नेपालमा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३०० पुगेको मन्त्रालयले बताएको छ ।