Breaking News

यसपाली २५६४ औं बुद्ध जयन्ती प्रत्येक घर घरमा मानौ !!


करिब पाँच महिनादेखि फैलिएको कोरोना भाइरसका कारण कुनै पनि देशमा ठूला कार्यक्रम तथा चाडपर्व मनाउन पाएको छैन। नेपालमा पनि चैतपछिका सबै पर्व कोरोना भाइरस रोकथाम गर्न सरकारले बन्दाबन्दी सुरू गरेपछि पूर्णरूपमा प्रभावित बनेको छ। सरकारले पछिल्लो समय जारी गरेको लकडाउन यही बैशाख २५ गते सकिँदैछ। सरकार लकडाउनको अवधि थप्ने तयारीमा छ । तर, सोही दिन परेको यसवर्षको बुद्ध जयन्ती पनि लकडाउनकै कारण भव्य कार्यक्रम गरेर मनाउनबाट बञ्चित भएको छ।
बौद्ध धर्मावलम्बीहरूको महान पर्वको रूपमा मनाउँदै आएको बुद्ध जयन्तीको यसवर्ष २५६४औँ संस्करण हो। तर, लकडाउनका कारण विगतका वर्षहरूमा जस्तो धुमधामका साथ कार्यक्रम गर्न नपाइने भएपछि गुम्बाहरूमा सामान्य पूजाआजा गरेर विधि पुर्‍याउने काममा मात्रै सीमित हुने भएको छ।