Breaking News

श्रावण महिनामा यी चीज नखाएकै राम्रो !


आयुर्वेदमा शरीर स्वास्थ राख्नको लागि खानेकुरा सम्बन्धि थुप्रै नियम बताईएको छ | यी नियमहरु अन्तर्गत केहि चीजहरु बर्षको प्रत्येक महिनाको लागि उल्लेख गरिएको छ, जुन ती महिनामा खान हुँदैन। त्यस्तै श्रावण महिनामा आयुर्वेदमा केही चीज निषेध गरिएको छ।
श्रावण महिनामा वर्षा र हरियाली भरपूर हुन्छ तर यो समयमा बिमारी हुने पनि उच्च सम्भावना रहन्छ | आयुर्वेदमा पनि श्रावण  महिलाको लागि खान-पान सम्बन्धि विशेष निर्देशन दिईएको छ |
हरियो सागपात 
श्रावण महिनामा हरियो सागपातको सेवन गर्नाले बाथ रोगको समस्या बढ्न सक्छ | यस्तै, यो समयमा सागपातमा किरा र ब्याक्टेरिया पनि अत्यन्त हुन्छन् जसको कारण यो समयमा सागपातको सेवनले पेट दुख्नुका साथै अरु पनि थुप्रै समस्या देखा पर्न सक्छ |
भ्यान्टा 
यो समयमा भ्यान्टा सेवन नगरेकै राम्रो हुन्छ | यदि सेवन गरेपनि निकै सावधानीपूर्वक सेवन गर्नु पर्छ किनभने यो मौसममा भ्यान्टामा अत्यन्त किरा लाग्ने गर्छ |
दुध दही 
श्रावणमा दुध सेवन नगरेको राम्रो हुन्छ। यसैको लागि शिव जीलाई श्रावणमा दूधको साथ अभिषेक गर्ने परम्परा शुरू भएको विश्वास रहेको छ। वैज्ञानिक हिसाबले यो मौसममा दुध पिउँदा ग्यास र पेट सम्बन्धी समस्या आउन सक्ने सम्भावना बढि हुन्छ। यस मौसममा दहीको पनि सेवन नगर्नु नै राम्रो मानिन्छ किनभने चिसो र घाँटी सम्बन्धी रोगहरू हुने सम्भावना हुन्छ।
माछा मासु र लसुन प्याज 
श्रावण महिनामा मासु र माछा खानु र प्याज-लसुन खान निषेध गरिएको छ। तामासिक प्रवृत्तिको भोजन सेवन गर्लेनाले  आध्यात्मिकताको मार्गमा बाधा पुर्‍याउने र शरीरको अवस्था पनि खराब गर्ने मानिन्छ। वर्षा मौसम माछाको प्रजननको समय हो। तसर्थ, यस समयमा संक्रमणको जोखिम अधिक हुन्छ।
के खानु पर्छ त ? 
आयुर्वेदको अनुसार श्रावण महिनामा हल्का, सुपाच्य र तातो भोजन गर्न आवश्यक छ | तरकारीमा लौका, टमाटरका साथै लहरामा फल्ने तरकारी खानु निकै राम्रो र स्वस्थ हुन्छ | त्यस्तै, फलफूलमा स्याउ, केरा, अनार, नासपाती जस्ता मौसमी फलफूल खानु पर्छ | अन्नमा भने गहुँ, धान, मकै, मुंग, मटरको सेवन गर्नु स्वस्थ मानिन्छ |