Breaking News

म त समुन्द्री आँधिमा बडारीन पो पुगी सकेछु


नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमाम त उजाड मरुभुमिमा हर्राई सकेछु,
नसम्झिनु है मलाई कुनै खुशियालीमा,म त दुःख र आँशुको सागरमा पो डुबि सकेछु,
नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा,म त ५५ डिग्रीको घाममा जल्न पुगेछु,
नखोज्नु है मलाई हजारौं दुनियाँको भिडमा,म त बालुवै बालुवाको मरुभुमी मा पुगी सकेछु,
नखोज्नु है मलाई बिहानीको सुस्तरी पवनमा,म त समुन्द्री आँधिमा बडारीन पो पुगी सकेछु,
..