Breaking News

Nepali Poem 2018/2075

कबिता
मेरो प्यारो थाहा नगर
--------------------------
असार साउन को हरियाली होस  या
माघ पुसको ठन्डी सगै फागुन चैतको
सुख्खा पन बर्ष को बाह्रै महिना कहिले
दिक्क नलाग्ने 
सुन्दर अनि अनुपम रहिरहने
ठाउँ  वरिपरि 
उपत्यकाले घेरिएको प्रकृतिको एक 
सुन्दर सृजना जहाँ आखाले
हेरेर कहिले नथाक्ने दृश्यहरुले सजिएको छन ।
आलु काउली बन्दा जस्ता विभिन्न 
तरकारीले देशै भरी परिचित एक नगर
हिन्दु धर्मावलम्बिहरु को आस्था र बिश्वास 
बोकेको देशै भर चर्चित ऋषेस्वर 
महादेब को मन्दिर ।
माघ पुसमा चिसो सगै
सिमभन्ज्याङ र दामन पुरै सेतै हुने
गरि पर्ने हिउँ ।
फागुन चैतमा मनै लोभ्याउने 
थरीथरीका लालीगुरासले 
सजिएको जङ्गल ।
दामनको डाडा बाट वरिपरि 
देखिने गणेश हिमाल माछापुच्छ्रे 
जस्ता  मनमोहक 
हिम शृङ्खला 
नजिकै 
नेपालकै पहिलो मानव निर्मित 
इन्दसरोबर ताल
जङ्गल भरि पाइने सयौं प्रजातिका
जडिबुटी हरु ।
पर्यटक को लागि एक
उद्दगम स्थल 
प्रकृतिको काखमा 
रहेको 
स्वर्गको एक टुक्रा 
मेरो प्यारो थाहा नगर

 
अभिराज खाती अन्जान  
थाहा नगरपालिका ४ मकवानपुर 
हाल काठमाडौं