Breaking News

Palung - थाहाका प्रहरी प्रमुख विकासको सकृयतामा घरेलु मदिरा नष्ट




(Thaha)थाहा ,लकडाउनमा अत्यावश्यक सामग्री मात्रै ओसारपसार तथा बिक्रि गर्न अनुमति दिइए पनि मकवानपुरको थाहा नगरपालिकामा भने घरेलु मदिरा ओसारपसार तथा विक्रि वितरण हुने गरेको पाइएको छ । नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालय पालुङले विभिन्न स्थानमा पुगि मदिरा नियन्त्रण लिएकोे हो । नियन्त्रणमा लिएका घरेलु मदिरा नष्ट गरिएको छ । 
 नगरको ओखर बजार, बज्रबाराही, खानीगाउँ क्षेत्रबाट मदिरा बनाउन तयारी अवस्थाको कच्चा पदार्थ २ हजार लिटर र २ सय १५ लिटर मदिरा बरामद गरिएको प्रहरी निरीक्षक विकास तामाङले जानकारी दिनु भयो । अवैध मदिरा उत्पादन, ओसारपसार र विक्री वितरण निरुत्साहित गरि समाजमा आपराधिक घटना नियन्त्रण गर्ने उदेश्यले यस अभियान संचालन गरिरहेको समेत उहाँको भनाई रहेको छ ।
यसैबीच, थाहा नगरपालिका, स्थानीय प्रशासन र थाहानगर उद्योग वाणिज्य संघको टोलीले बजार अनुगमन गरेको छ । कोरोनाको जोखिमको न्युनिकरण तथा सामानको बजार मूल्य र तौलको अनुगमन गरिएको थाहानगर उद्योग बाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधानले जानकारी दिनु भयो ।