Breaking News

मकवानपुरमा राष्ट्रिय झण्डा जलाउने एक जना पक्राउ

 

  राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडिओ बनाउने १ जना पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार उनलाई  काठमाडौंबाट पक्राउ गरेको हो। 

मकवानपुरको पूर्वी क्षेत्र बागमती गाउँपालिकामा खिचिएको एउटा भिडियो र त्यससम्बन्धी फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। ‘मंगोल होप’ युट्युब च्यानलबाट अपलोड भएको राष्ट्रिय झण्डालाई जलाइएको थियो।

महाशाखाका प्रवक्ता ईश्वर कार्कीले समाजमा वितृष्णा फैलाउने कुनै पनि व्यक्तिलाई कानुनी दायरामा ल्याउने बताए। 'यो राष्ट्र हितविरुद्धको गम्भीर अपराध हो। झण्डा जलाइएको यो प्रकरणमा अनुसन्धान तीव्रता दिएका छौं', महाशाखाका प्रवक्ता प्रहरी उपरक्षक कार्कीलभने,मुलुकी अपराध (संहिता) ऐन २०७४,को १५१ को दफा १ र २ अनुसार नेपालको राष्ट्रिय झण्डा जलाउने र च्यात्नेलाई तीन वर्षसम्म कैद वा ३० हजारसम्म जरिवाना वा दुवै हुने उल्लेख छ।